Sunday, July 29, 2018

बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब



नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् ।
बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको खबर आजको नयाँ पत्रिकामा छ । 
बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।